१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एनआरएनए अध्यक्षमा बद्री केसी निर्वाचित, पराजित शर्मा र श्रेष्ठको विद्युतीय मतमा ह्याक भएको आशंका – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

एनआरएनए अध्यक्षमा बद्री केसी निर्वाचित, पराजित शर्मा र श्रेष्ठको विद्युतीय मतमा ह्याक भएको आशंका

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी नतिजा आएपछि दुई समूहले चुनावी मत परिणाम नमान्ने घोषणा गरेका छन्।

संघको बिहीबार भएको चुनावी परिणामअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएका छन्। तर प्रवास

मत परिणामको कानुनी उपचार खोज्ने भनिए पनि सबैले मत परिणामलाई स्वीकार गरी शुक्रबारै शपथ ग्रहण गर्ने कार्यक्रम छ। असन्तुष्ट पक्षले  मत परिणाम अस्वीकार गर्ने र अब कानुनी प्रक्रियामा जाने दाबी गरेका छन्।

निर्वाचन समितिले अध्यक्ष पदमा केसी निर्वाचित भएको घोषणा गरेपछि विवाद देखिएको हो। होटल सोल्टीमा भएको मतदानमा उपाध्यक्षका उम्मेदावार डा. केशव पौडेलको शून्य मत देखिएको थियो। त्यसमा विवाद भएपछि उनको २ सय ४९ मत सोल्टीमा राखिएको र त्यस देखाउन भुल भएको भन्दै निर्वाचन समितिले मुचुल्का गरेको थियो। त्यसपछि पौडेलको नाममा मत देखिएको थियो। केही प्रतिनिधिले भने निर्वाचन समितिलाई दोष दिन नहुने भन्दै विवादको औचित्य नरहेको बताएका छन्।

उम्मेदवारहरूले  सिस्टम ह्याक गरेर जितेको आरोप लगाएर राति नै नाराबाजी गरेका थिए। डा. केसी समूहले अनलाइन सिस्टममा गोलमाल गरेर नतिजा प्रभावित गरेको  आरोप अध्यक्षका प्रत्यासी शर्मा र महेश श्रेष्ठले लगाएका छन्। निर्वाचन समितिले भने शर्मा र श्रेष्ठले केसी निर्वाचित  भएको कुरा अस्वीकार मात्रै गरेको जनाएको छ।

प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षमा डा. केसी  १३७८ मत ल्याई निर्वाचित भएका हुन्। शर्माले १२८१ मत र श्रेष्ठले १२२५ मत प्राप्त गरेको समितिले जनाएको छ। ६ जना उपाध्यक्षमा डा. हेमराज शर्मा, रोविन शेरचन, राज रेग्मी, डा. विनोद श्रेष्ठ, रामशरण सिम्खडा  र खगेन्द्र न्यौपाने निर्वाचित भएका छन्।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर निर्वाचित भइन्।  युवा उपाध्यक्षमा रोशन थापाले २४६८ मत प्राप्त गरेर निर्वाचित भएका छन्।  संघको महासचिवमा गौरीराज जोशी निर्वाचित भए। उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ निर्वाचित भएका छन्।

एनआरएनका ६ सचिव पदमा मनोजकुमार श्रेष्ठ, डा. ज्ञानेन्द्र रेग्मी, डा. नवराज रोस्यारा, भीम केसी कमल, स्वतन्त्र प्रताप शाह र पारसमणि पोखरेल निर्वाचित भएका छन्। यस्तै महिला सचिवमा टिक गुरुङ राधिका निर्वाचित भइन्।

संघको कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, अभिमन्यु बस्नेत र तिलकप्रसाद गैरे निर्वाचित भएका छन्। महिला सहकोषाध्यक्षमा अमृत थापाले निर्वाचित भइन्। यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान र युवा संयोजकमा सुपेन्द्र घिसिङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

एनआरएनको ११ औँ विश्व सम्मेलन र निर्वाचनमा अध्यक्षका लागि केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए। अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन्। निर्वाचनमा ५९ देशका ४ हजार २ सय जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button