२२ मंसिर २०८०, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ

रुकुमपश्चिम, दाङ । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ परेका छन्।

बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका रुकुमपश्चिम सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विकले संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका थिए। उनलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको हो।

मुसिकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको अभियोगमा लोकबहादुर पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिएका छन्। भावनाको हत्या अभियोगमा पक्राउ परेका लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ।

उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाइएका लोकबहादुर २०७९ फागुन १४ गते कैदमा परेका थिए। अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए। २०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो।

कैद भुक्तान गर्न ३ महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका लोकहादुर कारागारबाट निस्केको २५ दिनपछि हत्या अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ। उनीविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढेको छ।

असोज २९ गते सोमबार भावनाको मुसिकोट नगरपालिका–१ खलङ्गा बजारको होटेल सत्कारमा हत्या गरेको अभियोग छ। अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान्–श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्बर–१ बुक गरेका थिए।

दुवैजना २९ गते बिहान १० बजेबाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो। घाँटीमा धारिलो चक्कु प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको डिएसपी भट्टराईले जानकारी दिए।

अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष छ। प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपैयाँ र प्रतिवादीको मोबाइलसमेत बरामद गरेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker