१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौँ छोड्ने क्रम जारी : घटस्थापना यता ३ लाख ५८ हजार मानिस बाहिरिए – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासमुख्य समाचारवाग्मती प्रदेशस्थानीय तह

काठमाडौँ छोड्ने क्रम जारी : घटस्थापना यता ३ लाख ५८ हजार मानिस बाहिरिए

काठमाडौँ । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि घटस्थापना यता ३ लाख ५८ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

बुधबार मात्र ९१ हजार १०८ जनाले उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । काठमाडौँको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगाते हुदै बुधबार ९१ हजार १०८ जना यात्रु बाहिरिएका छन् ।

घटस्थापना (असोज २८) बाट असोज ३० सम्ममा २ लाख ६७ हजार ६५४ जनाले उपत्यका छाडेका थिए । तर, बुधवारबाट उपत्यका छाड्नेको सङ्ख्या बढेसगैँ बुधवार ३ लाख ५८ हजार ७६२ जना पुगेका छन् ।

ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । साथै, चाडपर्वको समयमा हुनसक्ने सुरक्षा चुनौती र दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button