१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्यालेस्टाइनको अस्पतालमा रकेट आक्रमण हुँदा ५०० जनाको मृत्यु – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारराजनीतिस्वास्थ्य

प्यालेस्टाइनको अस्पतालमा रकेट आक्रमण हुँदा ५०० जनाको मृत्यु

काठमाडौं : गाजाको एक अस्पतालमा इजरायलले गरेको रकेट आक्रमणमा ५ सयको मृत्यु भएको छ।

गाजाको अस्पतालमा भएको रेकट आक्रमणका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या रूपमा बढेको बढ्यैछ।

हालसम्म गाजा पट्टीमा कुल ३५०० मानिसको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन्। ​गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ।

मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो।

इजरायल र हमास बीचको जारी युद्धको १२औं दिन पुगेको छ।  युद्ध वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ। यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन्। पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन्।

यसैबीच, इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन्।

यसैबीच तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल प्रस्थान गरेका छन्। उनले जोर्डनका राजालाई पनि भेट्ने जनाएका छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button