१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सामूहिक बलात्कार आरोपमा विराटनगरमा तीनजना पक्राउ – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

सामूहिक बलात्कार आरोपमा विराटनगरमा तीनजना पक्राउ

विराटनगर, मोरङ । युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ परेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालकलाई पक्राउ गरिएको हो ।

ती युवतीले आफूमाथि सामूहिक बलात्कार भएको भन्ने किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सोही ट्रकका सहचालक हुन् । १६ वर्षे बालक पनि उनीहरूकै सहयोगी भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालका अनुसार उनीहरूले विराटनगर महानगरपालिका–३ मा २५ वर्षीया युवतीको बलात्कार गरेको आरोप छ ।

विराटनगर बसपार्कस्थित एक होटेलमा खाना पुगेका चालक, सहचालक र सहयोगीले युवतीलाई सिटी सफारीमार्फत ट्रक राखिएको स्थानमा पुर्‍याएका थिए । युवतीलाई ललाइफकाइ ट्रक पार्किङमा राखिएकै ठाउँमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ती युवतीले होहल्ला गरेपछि स्थानीय र पैदलयात्रीले घटनाबारे थाहा पाएका थिए । स्थानीयको समूह घटनास्थलमा पुगेपछि उनीहरू तीनैजना ट्रकभित्र लुकेका थिए ।

आक्रोशित स्थानीयले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ट्रकका सिसा फुटेका छन् ।

पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइने डीएसपी दाहालले बताए । दाहालले भने, “ट्रक पार्किङ गरेकै स्थानमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button