चिकित्सा क्षेत्रका व्यवसायी प्रसाईँलाई कालो मोसो

असोज २२ । चिकित्सा क्षेत्रका व्यवसायी दुर्गा प्रसाईँलाई राजधानीको एक होटेलमा केही युवाले कालो मोसो दलेका छन्।
कान्तीपथस्थित होटेल एल्लो प्यागोडामा पत्रकार सम्मेलन गरिरहेका बेला केही युवाहरूले कालो मोसो दलेका हुन। प्रहरीले उनलाई कालो मोसो दल्ने समूह र तीनका सदस्यहरूको खोजी गरिरहेको जनाएको छ।
कालो मोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्री वस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए ।
प्रसाईँले पछिल्ला दिनमा केही व्यापारिक समूह, राजनीतिक दल र तीनका नेताहरूको आलोचना गर्दै आएका छन्। उनले गरेका आलोचना सामाजिक सञ्जालहरूमा सुन्न र देख्न पाइन्छ।
प्रसाईँले बैङ्क, सहकारी संस्था, लघुवित्तहरूको चर्को ब्याज नियन्त्रण, बैङ्किङ ऋण र व्याज मिनाहा जस्ता अभियान लिएर देशभर कार्यक्रम गरिरहेका छन्। यी बाहेक उनले राजनीतिक एजेन्डामा पनि भाषण दिन थालेका छन्। हिन्दु राष्ट्र, राजतन्त्र पुनर्बहाली र सङ्घीयता खारेजीको नारा पनि अघि सारेका छन्।