१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले मागे निगमका अध्यक्षसँग जवाफ
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीति

पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले मागे निगमका अध्यक्षसँग जवाफ

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको जहाज एकपछि अर्को गर्दै ग्राउण्डेड भएपछि व्यवस्थापकसँग जवाफ माग गरेका छन् ।

पर्यटन मन्त्री किरातीले सोमबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर जहाज ग्राउण्डेड हुनुको कारणबारे जवाफ मागेका हुन् ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग ४ वटा जहाज छ । तर, एउटा वाइड बडी जहाज करिब २ सातादेखि ग्राउण्डेड छ भने तीन महिनासम्म ग्राउण्डेड एउटा न्यारोबडी जहाज इजरायलमा भाडाको इन्जिन राखेर ल्याइएको दुई सातामा दोस्रोपटक ग्राउण्डेड हुन पुगेको छ ।

जसका कारण निगमले कतिपय गन्तव्यका उडान रद्द गर्नुपरिरहेको छ । यसबाट उसले दैनिक ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button