२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बालेन : लक्ष्य १५ हजारलाई सीपमूलक तालिम, ३ वर्षभित्र बेरोजगारी अन्त्य - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिवाग्मती प्रदेशविचार दृष्टिकोणसफलताको कथासूचना / प्रबिधिस्थानीय तह

बालेन : लक्ष्य १५ हजारलाई सीपमूलक तालिम, ३ वर्षभित्र बेरोजगारी अन्त्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ३ वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेका छन् । उनले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत १५ हजारलाई सीपमूलक तालिम दिने घोषणा गरे ।

सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै बालेन शाहले यस्तो घोषणा गरेका हुन् । शाहका अनुसार सुरुमा महानगर क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको सूचीकरण गरिनेछ । त्यसपछि अदक्षलाई दक्ष बनाउन सीपमूलक तालिम दिइने उनले बताए ।

काठमाडौंका १४ स्थानमा तालिम दिने महानगरको तयारी छ ।

बालेन शाहले भने, ‘तालिमप्राप्त जनशक्तिलाई महानगर क्षेत्रभित्र रहेका पूर्वाधार विकास, वातावरण विकास, सरसफाइ जस्ता विभिन्न कार्यमा लगाउन सक्छौं । अन्य सरकारी तथा निजी संघसंस्थामा आवद्ध गराउन सक्छौं ।’

श्रम बैंकमा दक्ष, अदक्ष र अर्धदक्ष सबैलाई समेटेर जब पोर्टल बनाउन खोजिएको शाहले जानकारी दिए । यसमा निजी संघसंस्था पनि आवद्ध हुन सक्नेछन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker