६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौं उपत्यकामा चाडपर्व नजिकिँदै गर्दा बढ्न थाल्यो चोरी - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

काठमाडौं उपत्यकामा चाडपर्व नजिकिँदै गर्दा बढ्न थाल्यो चोरी

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चोरीका घटना बढ्न थालेका छन् । घरमा कोही नभएको मौका छोपी दिउँसैसमेत ताला फुटाएर तथा मोटरसाइकल चोरीका घटना बढ्न थालेको प्रहरीले जनाएको छ ।

हरेक वर्ष चाडपर्व नजिकिँदै गर्दा चोरीका घटना बढ्ने गरेका छन् । यो वर्ष उपत्यकामा चोरीका घटना देखिन थालेपछि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ । खासगरी चक्रपथबाहिरका एकान्त बस्तीमा चोरी हुन थालेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वको समयमा चोरीलगायत अपराध बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मातहतका प्रहरीलाई परिपत्र गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार चाडपर्वलाई थप जनशक्तिसमेत माग गरी विशेष सुरक्षा योजना बनाउने तयारी भइरहेको छ । ‘ चाडपर्व लाई सुरक्षित बनाउने गरी योजना बनाइरहेका छौँ,’ उनले भने ।

उपत्यका प्रहरी कार्यालयले नजिकिँदै गरेको बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवधिभर कालोबजारी बढ्न सक्ने तथा अन्य अपराध बढ्न सक्ने भएकाले न्यूनीकरणका लागि जनचेतनामूलक पर्चा–पम्प्लेट बनाएर वितरण गर्न निर्देशन दिएको छ । जिल्ला प्रहरी परिसरले १० हजार तथा वृत्तले सात हजार र प्रभागले पाँच हजारका दरले यस्ता पर्चा वितरण गर्न भनिएको छ । खाने कुरामा बेहोस हुने औषधि मिसाएर लुटपाट गर्ने, तर चाडपर्वमा धेरैजना उपत्यकाबाहिर जाने भएकाले खाली घरमा चोरी हुने भएकाले प्रहरीले सचेतना बढाउन लागेको हो ।

टिकटको प्रि–बुकिङ अझै अन्योलमा :
दसैँका लागि यातायात व्यवसायीले टिकटको प्रि–बुकिङ नखुलाउँदा सर्वसाधरण अन्योलमा परेका छन् । भाडा वृद्धिको माग गरी व्यवसायीले बुकिङ खुलाएका छैनन् । यातायात व्यवस्था विभागले शुक्रबार व्यवसायीसँग छलफल गरेर बुकिङ खुलाउने प्रयास गर्दै छ । ‘शुक्रबार व्यवसायीसँग छलफल गर्दै छौँ,’ विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘सायद केही ठोस निर्णय होला ।’ बाटोको अवस्था खराब रहेको तथा भाडा कम भएको भन्दै व्यवसायीले बुकिङ खुलाउन आलटाल गरेका हुन् ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनाली भन्छन्–बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाउने तयारी छ । सामान्यतया दसैँको मुखमा चोरी बढ्ने गरेको छ, यो वर्ष पनि चोरीका केही घटना हुन थालेका छन् । त्यसकारण चाडपर्वलाई अपराधमुक्त बनाउने गरी काम गर्न परिपत्र भइसकेको छ, सुरक्षा योजना पनि अन्तिम चरणमा पुगेको छ । बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाउने तयारी छ ।

प्रहरीको विशेष टिम परिचालन
चोरी रोक्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टिम परिचालन भएको छ । ‘सामान्यतया दसैँको मुखमा चोरी बढ्ने गरेको छ, यो वर्ष पनि चोरीका केही घटना हुन थालेका छन्,’ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले भने, ‘त्यसकारण चाडपर्वलाई अपराधमुक्त बनाउने गरी काम गर्न परिपत्र भइसकेको छ, सुरक्षा योजना पनि अन्तिम चरणमा पुगेको छ ।’ बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाउने तयारी छ ।

ट्राफिक प्रहरीले पनि सडकलाई सुरक्षित बनाउन तयारी 
थालेको छ । चाडपर्वमा खासगरी टिकटमा ठगी हुने भएकाले विशेष चेकजाँचको तयारी छ । दुर्घटना रोक्न मादक पदार्थ तथा लागूऔषध सेवन गर्ने चालकमाथि विशेष चेकजाँच गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी योजना बनाउन विभिन्न निकायसँग समन्वय भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker