८ बैशाख २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सामाजिक र धार्मिक सद्‌भाव भड्किने संकेतले नेपालगञ्जमा कर्फ्यु आदेश जारी
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

सामाजिक र धार्मिक सद्‌भाव भड्किने संकेतले नेपालगञ्जमा कर्फ्यु आदेश जारी

असोज १६ । बाँकेको नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्युआदेश जारी गरिएको छ।

सामाजिक र धार्मिक सद्‌भाव भड्किने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी आदेशमा हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको जनाइएको छ।

हिन्दुहरूको समूह मंगलबार नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ। ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको छ।

ठूलो संख्यामा निस्किएको जुलुसमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यू लगाइएको आचार्यले जारी गरेको आदेशमा भनिएको छ।

नेपालगञ्जमा कर्फ्यु

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker