८ बैशाख २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुर्खेतको एक विद्यालयको होस्टलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

सुर्खेतको एक विद्यालयको होस्टलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

असोज १३, सुर्खेत | सुर्खेतको उषा बालबाटिका माविको होस्टेलमा एक विद्यार्थी बालक झुण्डिएको अवस्थामा फेला परेका छन्।

वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा कक्षा २ मा अध्यनरत बालक ८ वर्षका सलाम पुलामीमगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन्।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ स्थायी घर भएका बालक पुलामी मगर संकास्पद रुपमा बेडमै झुण्डिएको अवस्थामा शुक्रबार साँझ फेला परेका भन्दै शव आफन्तहरुले उठाउन दिएका छैनन्। त्यसकै कारण हालसम्म पोष्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ।

उषा बालबाटिकामा पढाउनका लागि होस्टेलमा राखेको बालकलाई कसैले मारेर बेडमा झुण्ड्याएको भन्दै आफन्तले विद्यालयमा  तोडफोड र आगजानी गरेका छन्। विद्यालयमा रहेका फर्निचरहरुमा आगलागी गरेपछि नियन्त्रणका लागि दमकलसहित डिएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताए।

घटनास्थलमा अहिले प्रहरी तैनाथ गरिएको छ। आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker