१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचार

ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएका जनाएका छन् ।

मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।

मानवविहीन डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशङ्कामा आपत्कालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए ।

अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुङ्गा लिएर पुग्दा यो दुर्घटना भएको उनीहरूले बताएका छन् । सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका न्यु साउथ वेल्सका प्रहरी अधिकृत सिओभान मुनरोले बताएका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button