मोरक्कोमा भूकम्प जाँदा २ सय ९६ जनाको मृत्यु, १५३ घाइते
। मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा २ सय ९६ जनाको मृत्यु भएको छ । शुक्रबार राति स्थानीय समयअनुसार ११ बजेर ११ मिनेटमागएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी १ सय ५३ जना घाइते भएको बीबीसीले जनाएको छ ।
मराकेशको दक्षिण पश्चिम क्षेत्रस्थित ७१ किलोमिटर दूरीमा रहेको एटलस हिमाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकनजियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पको केन्द्रबाट ३५० किलोमिटर दूरीमा रहेको राजधानी रबातमासमेत धक्का महसुस भएकोथियो ।
मोरक्कोका अन्तरिक मामिलामन्त्रीले भूकम्पबाट मराकेशका साथै देशको दक्षिणी क्षेत्र बढी प्रभावित भएको जानकारी दिएका छन् ।मृत्यु हुने अधिकांश सोही क्षेत्रका रहेको उनले जनाएका छन् ।
सामाजिक सञ्जाल एक्स (ट्विटर) मा सार्वजनिक भिडियो फुटेजहरुमा दर्जनौँ घर तथा भवनमा भूकम्पले क्षति पु¥याएको देखिएको छ ।साथै मानिसहरु भागदौड गरिरहेको तथा सडकमा धुलो उडिरहेको देखिएको छ ।