८ बैशाख २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौंको चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशवाग्मती प्रदेशसफलताको कथास्थानीय तहस्वास्थ्य

काठमाडौंको चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

काठमाडौं । तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो ।

सेन्टरको तिलगङ्गाआँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले सेन्टर उद्घाटन गरे ।

सेन्टरले आजदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ । सेन्टरमा मोतियाबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ ।v

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker