१० आश्विन २०८०, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
उपप्रधानमन्त्री खड्का : सरकारका कमजोरी सुधारेर सुशासनका लागि अभियान चलाउँछौं
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारराजनीति

उपप्रधानमन्त्री खड्का : सरकारका कमजोरी सुधारेर सुशासनका लागि अभियान चलाउँछौं

काठमाडौँ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री खड्काले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढीरहेको उल्लेख गरे।

खड्काले भएका कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी सरकारको रहेको बताए।

उनले भने, ‘सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रूपमा एउटा संकल्पसहित हामी सरकारमा गएपछि पूर्ण संकल्पसहित सरकार अघि बढेको छ। सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हामीले पहल गरिरहेका छौं। हामीले कुनै पनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन गर्नुपर्छ।’

उपप्रधानमन्त्री खड्काले आम नागरिकले महसुस गर्नेगरी सरकार अगाडि बढेकाे पनि बताए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker