२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अल नासरको सानदार जित, सिजनको पहिलो ह्यट्रिक गर्न सफल रोनाल्डो
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारमनोरञ्जन

अल नासरको सानदार जित, सिजनको पहिलो ह्यट्रिक गर्न सफल रोनाल्डो

एजेन्सी: क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक सँगै अल नासरले साउदी प्रो लिगमा सानदार जित निकालेको छ। अल नासरले अल फाटे एफसीमाथि ५–० को फराकिलो जित निकालेको हो ।

दुई गोल यस समरमा अल नासर आएका सेनेगली फरवार्ड साडियो मानेको नाममा रह्यो । साउदी प्रो लिगमा सुरुवाती दुई खेल गुमाएको अल नासरको यो पहिलो जित हो । यसअघि अल नासरले अल इतिफक र अल ताओनसँग हार बेहोरेको थियो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियम अल हासामा शुक्रबार राति गोलको वर्षा भएको खेलको २७औं मिनेटमा मानेको गोलबाट अल नासरले १–० को अग्रता लिन सफल भयो । ३८औं मिनेटमा रोनाल्डो ले सुल्तान अल घनामको पासमा गोल गर्दै अल नासरलाई पहिलो हाफमा २–० को हग्रता दिलाए ।

खेलको ५५औं मिनेटमा रोनाल्डो ले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अघि बढाए । ८१औं मिनेटमा मानेले घारिवकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अल नासरलाई ४–० ले अघि बढाए ।

त्यसपछि खेलको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा रोनाल्डो ले नवाफ अल बोउसेलको पासमा ह्याट्रिक पूरा गर्दै अल नासरलाई ५–० को सानदार जित दिलाए । जितसँगै अल नासर ३ खेलबाट ३ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित अल फाटे ४ अंक जोडेर आठौं स्थानमा छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker