३१ भाद्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
धादिङ बस दुर्घटना अपडेट : ८ मृत्यु, १७ घाइते, ४ जनाको सनाखत, अन्य खोजी कार्य जारी
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

धादिङ बस दुर्घटना अपडेट : ८ मृत्यु, १७ घाइते, ४ जनाको सनाखत, अन्य खोजी कार्य जारी

धादिङ । काठमाण्डौबाट पोखराका लागि छुटेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै त्रिशूली नदीमा
खसेर भएको दुर्घटना स्थलमा ज्यान गुमाउने आठमध्ये चार जनाको परिचय खुलेको छ ।

दुर्घटनामा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको ज्यान गएको हो ।

दुई जना महिलासहित छ जना पुरुषको दुर्घटना स्थलमै ज्यान गएको थियो । मृतक एक जना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटना मा १७ जना घाइते भएकामा १३ जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याएको र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

काठमाण्डौबाट छुट्दा बसमा २३ जना रहेको विवरण भए पनि दुर्घटना हुँदा कति जना थिए भन्ने खुलेको छैन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button