११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
फोहोर व्यवस्थापनमा नहुँदा जीतपुरसिमरा बजारमा दुर्गन्ध बढ्यो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रस्थानीय तहस्वास्थ्य

फोहोर व्यवस्थापनमा नहुँदा जीतपुरसिमरा बजारमा दुर्गन्ध बढ्यो

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोरको व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ ।

सार्वजनिक स्थानमा थुपारिएको फोहर समयमै व्यवस्थापन नगर्दा जीतपुर बजारमा दुर्गन्ध फैलिन थालेको छ । घर तथा होटेलहरुबाट निस्कने फोहोरहरु उचित व्यवस्थापनबिना नै स्थानीयले सडक छेउमा फाल्ने गरेकोले समस्या उत्पन्न भएको हो ।

फोहोरको समस्याले विकराल रुप लिदासमेत उपमहानगरपालिकाका मेयर राजन पौडेलले व्यवस्थापनमा चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाले बजार क्षेत्रको सरसफाइमा वार्षिक करोडौं खर्च भइरहेको दाबी गरेपनि खर्चअनुसारको उपलब्धि हासिल हुन सकेको स्थानीयको भनाइ छ ।

जीतपुरसिमराका मुख्य सडकमै जथाभावी रुपमा फोहोर फाल्ने क्रमले सबैभन्दा बढी बजार क्षेत्रका बासिन्दा प्रभावित बनेका छन । फोहर ब्यवस्थापनमा ढिलाई हुँदा बजारमा किनमेल गर्न आउने सर्वसाधरणहरुले पनि सास्ती खेप्नु परेको जीतपुरसिमराका स्थानियहरु बताउँछन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button