७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ओशाकामा तेस्रो प्रस्तुतिसँगै नेपथ्य जापान यात्रा सम्पन्न - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)देशपर्यटनसफलताको कथा

ओशाकामा तेस्रो प्रस्तुतिसँगै नेपथ्य जापान यात्रा सम्पन्न

ओशाका, जापान । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्य ले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ।

अघिल्ला दुई सहरहरु टोकियो र फुकुओकाजस्तै ओशाकामा पनि नेपथ्य प्रस्तुतिलाई भब्य दर्शक उपस्थितिले साथ दिएको थियो।

‘यो सहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरुको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकाली भन्छन्, ‘१७ सय दर्शकहरु एकैपटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठूलो नेपाली भेला बन्नपुग्यो।’

कन्सर्ट हेर्नका निम्ति ओशाका मात्र नभई पर–परसम्मका दर्शक उपस्थित भएका थिए। स्थानीय आयोजकहरुका अनुसार नागोया सहरबाट पनिउल्लेखीय दर्शक आइपुगेका थिए। यस्ता दर्शकमा नेपाली मात्र नभई जापानी अनुहार पनि देखिन्थे।

दुई वटा म्यूजिक भिडियो र १६वटा गीत प्रस्तुत गरिएको कन्सर्ट दुइ घन्टासम्म निरन्तर चलेको थियो। अन्तिममा पुग्नैलाग्दा ‘गाउँ गाउँबाट उठ’ गीतले जताततै उफार्न थालेको दर्शक ‘रेशम’ र ‘तालको पानी’ सम्म आइपुग्दा चरम उत्तेजनामा पुगिसकेका थिए।

त्यो ऊर्जालाई बिहीबार बेलुकीकै अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ले थप अघि बढाएको थियो। जापान यात्रा सम्पन्न भएसँगै १४ सदस्यीय नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button