१० आश्विन २०८०, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय : श्रमिकको तलब बढ्यो, कसको कति?
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथा

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय : श्रमिकको तलब बढ्यो, कसको कति?

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको तलब बढाएको छ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको तलब बढाएको हो। चिया बगानमा काम गर्ने र चिया बगान बाहेकका क्षेत्रमा काम गर्ने श्रमिकको फरक फरक तलब वृद्धि गरिएको छ।

चिया बगानमा काम गर्ने श्रमिकको तलब मासिक १३ हजार ८९३ रुपैयाँ पुर्‍याइएको छ। जसमा आधारभूत पारिश्रमिक आठ हजार ९३४ रुपैयाँ र महँगी भत्ता चार हजार ९५९ रुपैयाँ तोकिएको छ।

दैनिक ज्यालादारीमा काम गर्ने चिया बगानका श्रमिकको पारिश्रमिक पनि ५०० रुपैयाँ पुर्‍याइएको छ। जसमा आधारभूत ज्याला ३२३ रुपैयाँ र महँगी भत्ता १७७ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, प्रतिघण्टा काम गर्दा ६६ रुपैयाँ दिनुपर्ने मन्त्रालयले जनाएको छ। चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ रुपैयाँ तोकिएको छ।
यस्तै, अन्य क्षेत्रमा काम गर्ने श्रमिकको तलब मासिक १७ हजार ३०० रुपैयाँ तोकिएको छ। जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ तय गरिएको छ।

यस्तै, दैनिक काममा लगाउँदा श्रमिकको पारिश्रमिक ६६८ रुपैयाँ तोकिएको छ। यसमा आधारभूत पारिश्रमिक ४१८ रुपैयाँ र महँगी भत्ता २५० रुपैयाँ तय गरिएको छ।
घण्टाको हिसाबले काममा लगाउँदा प्रतिघण्टा ८९ रुपैयाँ दिनुपर्ने व्यवस्था गरिएको छ। यससँगै आंशिक समय मात्र काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ।

सरकारले तोकेभन्दा कम पारिश्रमिकमा काम लगाउन नपाइने भएको छ। यससँगै श्रम सम्झौता, नियुक्तपत्र, श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, स्थानीय सरकार तथा अन्य निकायले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा योभन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने सूचनामा उल्लेख छ।



Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker