१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
धार्मिक हिंसा : पाकिस्तानको दर्जनौं चर्चहरुमा आगजनी – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

धार्मिक हिंसा : पाकिस्तानको दर्जनौं चर्चहरुमा आगजनी

काठमाडौं । पाकिस्तानमा दर्जनौं चर्चहरुमा आगजनी र तोडफोड भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पूर्वी पाकिस्तानको जरानवाला क्षेत्रमा रहेका चर्चहरुमा आगजनी गरिएको हो ।

उक्त स्थानमा कम्तिमा आधा दर्जन चर्चमा आगो लगाइएको र ईशाई धर्मावलम्बीहरु सम्वद्ध दर्जन बढी घरमा तोडफोड गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

मुश्लिम धर्म तथा कुराको निन्दा गरेको आरोपमा चर्चमा आक्रमण भएको हो । अन्धाधुन्द आक्रमणपछि ईशाइ धर्मावलम्बीहरुको भागाभाग भएको छ ।

आगजनी र तोडफोड भईरहँदा प्रहरी मुक दर्शक बनेर उभिएको आरोप ईशाईहरुले लगाएका छन् ।

चर्चहरुमा भएको आक्रमणमा संलग्न एक सय बढीलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुमाथि कारबाही चाहीँ गरिएको छैन् । पाकिस्तानमा अल्पसंख्यकहरुमाथि बारम्बार आक्रमण हुने गर्दछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button