१९ फाल्गुन २०८०, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गालेर सकियो तस्करीको अवैध ६० केजी सुन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधि

गालेर सकियो तस्करीको अवैध ६० केजी सुन

काठमाडौं । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुनगालिएको हो ।

गालेपछि सुनको तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। यसअघि सुनको तौल ६० किलो ७८९ ग्राम थियो । सुनबाट ७३ ग्राम जर्दी निस्किएको जनाइएको छ ।

सोमबार ब्रेक शुबाट सुनछुट्याउने काम भएको थियो। छुट्याउँदा सुन ६० किलो ७८९ ग्राम तौल रहेको पाइएको थियो ।

गालेपछि सुनको मात्रा घट्नसक्ने अनुमान गरिएको थियो । अब उक्त सुनको गुणस्तर र आर्थिक परीक्षणको काम सुरु हुनेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker