१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कपनस्थित चखुञ्चा खोला खोल्न माग गर्दै स्थानीयले गरे प्रदर्शन – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशविचार दृष्टिकोणस्थानीय तह

कपनस्थित चखुञ्चा खोला खोल्न माग गर्दै स्थानीयले गरे प्रदर्शन

काठमाडौ । काठमाडौंको कपनस्थित चखुञ्चा खोला खोल्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

कपन सात तले क्षेत्रका स्थानीयले शुक्रवार चखुञ्चा खोला मिचेर घर टहरा बनाउँदा बाढीले दुर्घटना निम्त्याएको भन्दै छोपिएको र पुरिएको खोला खोल्न माग गरेका थिए । त्यसक्रमा उनीहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका टोली कपन पुगेको छ। काठमाडौं महानगरपालिका ७ र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को सीमानामा खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको हो।

बिहीबार दिउँसो पनि काठमाडौं महानगरपालिकाले डोजर लिई खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो।

बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले भने आफूहरूसँग कुनै समन्वय नै नगरी डोजर चलाउन लागेको भन्दै महानगरको विरोध गरेका थिए ।

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्र भएर बग्ने खोला अतिक्रमणमा परेपछि उक्त क्षेत्र डुबान हुने गरेको छ ।

तस्बिरहरु : इन्टरनेटबाट शाभार

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button