११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
स्याङ्जा वालिङ नगरपालिकाले थाल्यो ‘इएफटी’ मार्फत भत्ता वितरण – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारलुम्बिनी प्रदेशसफलताको कथास्थानीय तहस्वास्थ्य

स्याङ्जा वालिङ नगरपालिकाले थाल्यो ‘इएफटी’ मार्फत भत्ता वितरण

स्याङ्जा । स्याङ्जा वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न थालेको छ ।

स्याङ्जा वालिङ नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा ‘इएफटी’ मार्फत सिधै वितरण गरेको हो ।

भत्ता पाउने लाभग्राहीको खातामा सिधै रकम पठाउने प्रक्रिया पहिलो पटक भएको नगरपालिकाका सुचना अधिकारी ज्ञानप्रसाद अर्यालले जानकारी दिनुभयो । विगतमा बैंकको नाममा चेक पठाउने र बैंकले लाभग्राहीको खातामा रकम जम्मा गर्ने व्यवस्था रहेको थियो ।

लाभग्राहीको खातामा कोलेनिकाबाट सिधै रकम पठाउने व्यवस्था मिलाइएको र अब पालिकाले लाभग्राहीको सूची अद्यावधीक मात्रै राख्ने काम गर्ने अर्यालले उल्लेख गर्नुभयो । जिल्लाका ११ पालिकामध्ये वालिङ नगरपालिका जिल्लामै पहिलो ‘इएफटी’ मार्फत भत्ता वितरण गर्ने पालिका बनेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button