११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
संवैधानिक अङ्गमा आयुक्त र सदस्यका लागि आवेदन खुला - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

संवैधानिक अङ्गमा आयुक्त र सदस्यका लागि आवेदन खुला

काठमाडौं । गत शुक्रबार बसेको संवैधानिक परिषद् बैठकको निर्णय अनुरुप संवैधानिक निकायका आयुक्त र सदस्यहरु माग गर्दै आवेदन मागेको छ ।

संवैधानिक नियुक्तिमा पारदर्शिता र स्वच्छता ल्याउने भन्दै यस्तो अभ्यास प्रचलनमा ल्याइएको छ ।

उक्त परिषद्को सचिवालयले आइतबार सार्वजनिक सूचनामार्फत संवैधानिक अंगमा चारवटा पदका लागि आवेदन खुलाइएको हो । परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोग र मुस्लिम आयोगको सदस्यको माग गरेको छ ।

उक्त सूचना अनुसार एकभन्दा धेरै पदमा पनि आवेदन दिन सकिने छ। उक्त निकायमा नियुक्त हुन योग्य, अनुभवी नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।
आवेदन प्राप्त भएपछि परिषदले योग्य उमेदवारलाई प्रतिस्पर्धाका आधारमा छनोट गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको फारम भरेर इच्छुकले आवेदन बुझाउन सकिने व्यवस्था छ ।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिससँगै उक्त निकायमा नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो । यी संवैधानिक अङ्गमा कम्तीमा एक जना महिला नियुक्त गर्ने सहमति पनि भएको छ ।

गत साउन १८ गते पनि महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि उक्त परिषद्ले आवेदन खुलाएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button