११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतको श्रावस्ती कार दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

भारतको श्रावस्ती कार दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु

भारतको श्रावस्ती जिल्लामा सवारी दुर्घटना हुँदा नेपालगन्जका जनाको मृत्यु भएको छ।

भारतको बलरामपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको यूपी४७डब्ल्यू १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमागाईसँग ठोक्किंदा दुर्घटना भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दीपिका गुप्ता, तीन वर्षीयछोरा डल्लु गुप्ता महीनाकी छोरी श्रीया गुप्ताको मृत्यु भएको छ।

यस्तैनेपालगन्जकै सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स गुप्ता २० वर्षीया छोरी सुनीति गुप्ताको पनि मृत्यु भएको छ।

श्रावस्ती दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ। निलान्स सुनीति मामाघर घुमेर तथा वैभवमाइतीमा रहेकी श्रीमती दीपिकालाई लिएर बलरामपुरबाट नेपालगन्ज फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए।

भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button