५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
केदारनाथ पहिरोमा १६ जना नेपाली वेपत्ता, दुईको शव फेला : भारतस्थित नेपाली राजदूतावास
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्वास्थ्य

केदारनाथ पहिरोमा १६ जना नेपाली वेपत्ता, दुईको शव फेला : भारतस्थित नेपाली राजदूतावास

भारतको केदारनाथ पहिरोमा परेर १६ जना नेपाली वेपत्ता भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ। वेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ। त्यसमध्य एक जनाको पहिचान खुलेको र एकजनाको पहिचान नखुलेको बताइएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आज एक विज्ञप्ति जारी गरी भनेको छ, ‘आज मन्दाकिनी नदीको किनारामा फेला परेका तीनवटा शवमध्ये दुई जना नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको छ। दुई नेपालीमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन।’

भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरोमा परी सोही केदारनाथ ठाउँमा होटल व्यवसाय गरेर बसेका नेपाली (जुम्ला स्थायी वसोवास भएका)को एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्ला जिल्लाकै अन्य चार जना र कालीकोट जिल्लाका पाँच जनासहित १६ जना नेपाली नागरिक वेपत्ता भएको दुतावासले जनाएको छ।

स्थानीय सञ्चारमाध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार केदारनाथ पहिरोमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहे पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाई उत्पन्न भएको छ।

वेपत्ता नेपाली नागरिकको खोजी, विपद्मा फसेकाहरुको उद्दार र राहत तथा मृतकहरुको शव कानूनी प्रक्रिया पूरा गरी यथाशक्य छिटो परिवारलाई हस्तान्तरण गर्न यहाँको विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारी समक्ष अनुरोध गरिएको दुतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

रुद्रप्रयागका जिल्लाधिकारी, त्यहाँस्थित आपद् कन्ट्रोल रुम र उत्तराखण्डस्थित विपद व्यवस्थापन सेक्युरिटीसँग नेपाली राजदूतावास निरन्तर सम्पर्कमा रहेको विज्ञप्तिमा जनाइएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker