१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कोरोनाविरुद्धको ४७ लाख खोप स्टकमा, प्रयोगविहीन ४० लाख डोजबारे निर्णय भएन – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशस्वास्थ्य

कोरोनाविरुद्धको ४७ लाख खोप स्टकमा, प्रयोगविहीन ४० लाख डोजबारे निर्णय भएन

काठमाडौं । सरकारसँग कोरोनाविरुद्धको ४७ लाख डोज खोप भण्डारणमा रहेको छ । सो खोप स्वास्थ्य सेवा विभागअन्तर्गत टेकुस्थित केन्द्रीय कोल्डचेनमा राखिएको छ ।

स्टकमा रहेकोमध्ये ४० लाख डोज साइनोभ्याक र सात लाख २० हजार डोज फाइजर खोप हो । ४० लाख डोज साइनोभ्याकको  २०२३ को डिसेम्बर १९ मा म्याद सकिँदै छ ।

तर, हाल प्रयोगविहीन बनेको सो डोज के गर्ने भन्नेबारे विभागले निर्णय लिन सकेको छैन । सो डोज चीन सरकारले नेपाललाई निःशुल्क उपलब्ध गराएको हो । बुस्टर डोजको रुपमा दिन नमिल्ने भएपछि विभागसँग स्टकमा रहेको ४० लाख डोज साइनोभ्याक खोप के गर्ने भन्ने निर्णय नभएको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बताए ।

“स्टकमा रहेको ४० लाख डोज खोपको उपभोग म्याद १९ डिसेम्बर २०२३ सम्म छ । अब यसलाई के गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयकै तहबाट निर्णय हुनुपर्ने देखिएको छ,” चौरसियाले भने  ।

बाँकी सात लाख २० हजार डोज फाइजर भने कोभ्याक्स सुबिधामार्फत् ल्याइएको हो । सो खोप तेस्रो र चौथो बुस्टरको रुपमा दिने सरकारको योजना छ । तर, पछिल्लो समय  कोरोनाविरुद्धको डोज लगउनको संख्या अत्यन्त न्यून छ ।

नेपालमा हालसम्म पाँच करोड ९९ लाख ६४ हजार ६४७ डोज लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button