११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राष्ट्रपति पौडेल र चिनियाँ नेता युआनबीच भेटवार्ता - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशराजनीति

राष्ट्रपति पौडेल र चिनियाँ नेता युआनबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनले शिष्टाचार भेट गर्नुभएको छ ।

आइतबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ हुने बताउनु भएको छ ।

राष्ट्रपति

यसैबीच, नेपालको दुई दिने भ्रमणमा रहनु भएकाे चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य जियाजुनसँग इटाली भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट संवाद गर्नुभएको छ ।

संवादका क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गर्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउसो भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री दाहाल शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम जानुभएको छ ।

चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान काठमाडौं आउनु भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button