१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्य, १ जना घाइते – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्य, १ जना घाइते

काठमाडौं । गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

राप्ती लोकमार्गअन्तर्गत दाङ – सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसमा छुँदा करेन्ट प्रवाह भएको बताइएको छ । बसभित्र करेन्ट प्रवाह हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको प्रहरी जनाएको छ । घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button