१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भैरहवा-नयाँ दिल्ली सिधा उडान गर्दै नेपाल एयरलाइन्स – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारपर्यटनमुख्य समाचारलुम्बिनी प्रदेशसफलताको कथास्थानीय तह

भैरहवा-नयाँ दिल्ली सिधा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ । हाल काठमाडौंदेखि नयाँ दल्ली उडान भरिरहेको निगमले क्षेत्रीय विमानस्थल भैरहवा, गौतमबुद्ध विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अबको १५ दिनभित्र भैरहवा–दिल्ली उडान शुरु हुने समेत उनले बताए ।

साथै नेपाल वायुसेवा निगमले भैरहवाबाटै अर्को छिमेकी मुलुक चीनको हङकङसँग समेत सिधा उडान भर्ने तयारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button