३० असार २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अनलाइन जुवा खेलाउने महिलासहित काठमाडौंबाट चारजना पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशबिचित्रवाग्मती प्रदेशसुरक्षा/अपराधसूचना / प्रबिधि

अनलाइन जुवा खेलाउने महिलासहित काठमाडौंबाट चारजना पक्राउ

काठमाडौैं । काठमाडौंमा अनलाइन जुवा खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलासहितका अभियुक्तलाई पक्राउ गरेको हो ।

बाराका राजा चौधरी र विवेक चौधरी, काठमाडौं ठमेलका रितेन्द्र प्रधान र उनकी श्रीमती आशा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले विदेशीहरूसँग मिलेर अनलाइन जुवा खेलाउँदै आएका थिए ।

अनुसन्धानबाट खुल्न आएका कुराहरुः

  • निजहरुसँग सोधपुछ गर्दा निजहरुले Maria Sweep, Maria Shawn नामको Facebook Account आफ्नो मोवाईलमा Install भएको 2 Accounts भन्ने application मार्फत् Messanger मा Panda master, ultra Monster, Vpower, Fire kiren, Orion Stars, Twilight, Juwa, The Vault, Milky Way जस्ता Online Gambling Platform को प्रयोग गरी  Online Casino Game हरुमा अनलाईन मार्फत् रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको पाईएको ।
  • निजहरुले Maria Sweep, Maria Shawn नामको Facebook Account आफ्नो मोवाईलमा Install भएको 2 Accounts भन्ने application मार्फत् Messenger मा आउने बिभिन्न बिदेशी नाम गरेका ब्यक्तिहरुले Chat मार्फत् उनिहरुको Online Gambling Account मा रकमहरु Deposit & Withdraw गरि दिने,  Maria Sweep, Maria Shawn नामको Facebook Account दैनिक ८ घण्टाको दरले चलाउने गरेको पाईएको
  •  आर्थिक लाभका कुराकानी गरेको विवरण समेत फेला परेको ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button