११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराध

जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

काठमाडौं । सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ ।

आयोगको टोलीसँग खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

संसदमा समेत यसबारे प्रश्न उठेको थियो । उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुर गरेको हो । उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जनाइएको छ ।

आयोगका अनुसार आइतबार साँझबाटै जलहरीको तौल परिक्षण हुने छ । जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका गरिएको छ ।

२०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गर्दै करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्नुभएको थियो । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजी परिमाणको सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button