११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अर्थमन्त्री : अर्थतन्त्रका समस्या स्वीकारेर अगाडि बढेको छु
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीति

अर्थमन्त्री : अर्थतन्त्रका समस्या स्वीकारेर अगाडि बढेको छु

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताएका छन् । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा बजेट सुधार र कार्यान्वयनको प्रस्ताव राखेको बताएका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले समस्याहरू एकै चरणमा समाधान गर्न नसकिने भन्दै अर्थतन्त्रका सबै समस्याहरु स्वीकारेर अगाढि बढेको बताए ।

साधारण खर्च कटौतीको सुरुवात गर्ने बजेट ल्याएको बताउँदै उनले भने, ‘मैले अहिलेको अवस्थामा देखिएका समस्या के छन् ? राजस्वको स्थिति के छ ? वैदेशिक ऋण र सहायताको स्थिति के छ ? मौद्रिक नीतिले ल्याएका प्रभाव के छन् ? अर्थ नीतिले ल्याएका प्रभाव के छन् ? कोभिडको के–कस्तो प्रभाव परेको छ ? भनेर मात्र नभएर युक्रेन युद्धले ल्याएको बाह्य समस्याको कारणबाट नेपाली अर्थतन्त्र कसरी प्रभावित भएको छ ? यी तमाम कारणहरूले हाम्रो अर्थतन्त्रमा के कस्ता प्रभावहरू परे ? त्यस्तै गरेर पुँजी प्रवाहमा अर्थतन्त्रमा तरलता दिनेमा के कस्ता समस्याहरू आए ? त्यसलाई स्वीकार गरेर अगाडि बढेको छु ।’

उनले आफू अर्थमन्त्री भएलगत्तै सुधार भएको दाबीसमेत गरे । अर्थमन्त्री महतले भने, ‘मैले यो भनेको छैन कि सम्पूर्ण चिज हामी आउनेबित्तिकै राम्रो भयो । यति छोटो समयमा राम्रो हुने कुरा पनि छैन । यी समस्याहरू एक–डेढ वर्षमा सिर्जित समस्या पनि होइनन् । धेरै पहिलेदेखि थपिँदै गएर थुप्रो लागेका समस्या हुन् । यी थुप्रो लागेको समस्यालाई हामीले एक धक्काले समस्या समाधान गर्छु र अगाडि बढ्छु भन्ने दाबी गरेको छैन ।’

उनले नेपालको अर्थतन्त्रमा समस्या रहेको र आर्थिक वृद्धि कम भएको बताए । राजस्व संकलन कम भएको र आन्तरिक ऋण लिइरहनुपरेको बताउँदै उनले वैदेशिक सहायतामा निर्भरता कम गर्न नसकिएको बताए । ‘यी सबै कुरालाई स्वीकार गरेर अगाडि बढेको र बढ्ने क्रममा अब हामीले चरणबद्ध रुपमा अप्ठ्याराहरूलाई हटाउने हो’ उनले भने ।

अर्थमन्त्री महतले समस्याको चाङ एकै पटकमा हटाउन नसकिने बताउँदै भने, ‘मैले बजेट सुधारको प्रस्ताव राखेको छु । बजेट कार्यान्वयनको प्रस्ताव राखेको छु ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button