११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बुटवल-तानसेन सडक अब रातिमात्रै बन्द हुने - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशपर्यटनमुख्य समाचार

बुटवल-तानसेन सडक अब रातिमात्रै बन्द हुने

काठमाडौं । बुटवल–तानसेन सडक खण्ड अब राति मात्र बन्द हुने भएको छ । सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको बुटवल-तानसेन सडकखण्ड अब रातिमात्रै बन्द गरिने भएको हो ।

यसअघि गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बुटवल-तानसेन दिनहुँ बन्द हुँदै आएको थियो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द हुने जानकारी दिए ।

निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइन लागिएको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button