१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बारा : जनमत पार्टीका प्रतिनिधिले साँचो लगेपछि बारा २ मा रोकियो मतगणना – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधिस्थानीय तह

बारा : जनमत पार्टीका प्रतिनिधिले साँचो लगेपछि बारा २ मा रोकियो मतगणना

चैत १२, बारा । मतपेटिका राखिएको कोठाको साँचो जनमत पार्टीका प्रतिनिधिले लगेपछि बारा २ मा उपनिर्वाचनको मत गणना रोकिएको छ।

पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा झन् पछाडि पर्न थालेपछि जनमतका प्रतिनिधि मतपेटिका राखिएको कोठाको साँचो लिएर मतगणना स्थलबाट बाहिरिएका हुन्।

यता निर्वाचन आयोगका पदाधिकारीले दलका प्रतिनिधिलाई मत गणना स्थलमा पठाउन लगातार माइकिङ गरिरहे पनि कोही पुगेका छैनन्।

बारा २ मा जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले १३ हजार ८ सय ४ मत ल्याइसकेका छन्। उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अहिलेसम्म ९ हजार २ सय ३१ मत प्राप्त गरेका छन्।

यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३१ मत ल्याएका छन्।

अहिलेसम्म ३२ हजार मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बारा–२ मा कूल ६८ हजार ८ सय ८७ मत खसेको थियो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button