१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ठूलो दुर्घटनाबाट बचेर अन्तत: गन्तव्यमै पुग्यो फ्लाइ दुबईको विमान – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

ठूलो दुर्घटनाबाट बचेर अन्तत: गन्तव्यमै पुग्यो फ्लाइ दुबईको विमान

चैत १२, काठमाडौँ । अन्तत: ठूलो दुर्घटनाबाट बचेर फ्लाइ दुबईको विमान गन्तव्यमै पुगेको छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई इन्टरनेशनल एयरपोर्ट जाँदै गरेको फ्लाइ दुबई विमान ठूलो दुर्घटनाबाट बचेर सफलतापूर्वक अवतरण भएको हो ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ : ११ बजे अवतरण भएको हो ।

फ्लाई दुबई का प्रवक्तालाई उद्धत गर्दै दुबई मिडिया अफिसले सामाजिक संजाल ट्वीटरमा लेखेको छ, ‘हाम्रो योग्य चालक दलले उच्च सञ्चालन प्रक्रियाहरू पुरा गरेर विमान अगाडि बढ्यो र इन्जिन सामान्य अपरेटिङ प्यारामिटरहरूभित्र रहेको सुनिश्चित गरेपछि उडान अगाडि बढ्यो ।

फ्लाई दुबई का अनुसार विमान दुबईमा सामान्य रूपमा अवतरण भएको थियो र विमानलाई अव जाँच गरिनेछ । फ्लाई दुबईले आफ्ना यात्रु र चालक दलको सुरक्षा आफ्नो प्राथमिकता रहेको भन्दै यात्रा तालिकामा भएको परिवर्तनको कारण आफ्ना यात्रुहरूलाई पर्न गएको असुविधाको लागि आफू क्षमाप्रार्थी रहेको बताएको छ ।

फ्लाई दुबई ले काठमाडौंबाट उड्ने क्रममा आफ्नो विमानमा चरा ठाेकिएकाे बताएको छ । दुबई मिडिया अफिसले फ्लाइ दुबई प्रवक्तालाई उधृत गर्दै सामाजिक संजाल ट्वीटरमा यस्तो जानकारी दिएको हो ।

फ्लाई दुबई का प्रवक्ताको भनाईलाई उधृत गर्दै दुबई मिडिया अफिसले लेखेको छ, ‘काठमाडौं विमानस्थलबाट दुबई इन्टरनेशनल एयरपोर्ट जाँदै गरेको फ्लाई दुबई उडान एफजेड ५७६ (FZ 576) काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको थियो ।’

जहाजमा चरा ठोक्किएपछि आगलागी भएर एउटा इन्जिनले काम गरेको थिएन । जहाजकाे एउटा इन्जिनमा लागेकाे आगाे निभाइएकाे थियो । उक्त विमानमा १६८ जना यात्रु र चालक दलका ७ सदस्य गरी १७५ जना रहेका छन् ।

उक्त विमानलाई पाइलटले मर्मतका लागि भारतको नयाँ दिल्लीमा अवतरण गराउन सक्ने पनि आंकलन गरिएको थियो । जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याउने तयारी पाइलटले गरेको हुनसक्ने अनुमान गरिएतापनि पाइलटले उक्त विमान दुबई इन्टरनेशनल एयरपोर्टमा सफलतापूर्ण अवतरण गराएका हुन् ।

उक्त विमानलाई धर्दिङ जिल्लामाथि २८ हजार फिटमा केही समय होल्ड गरिएको थियो । तर उक्त विमानलाई होल्ड गरेर पाइलटले अवस्था जाँच गर्दा सामान्य अवस्था रहेकोले उक्त विमानलाई गन्तव्यतर्फ लागिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्:

फ्लाई दुबई : काठमाडौंबाट दुबई उड्ने क्रममा विमानमा चरा ठाेकिएकाे थियाे

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button