७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
उपनिर्वाचन : बारामा मतगणना सुरू
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

उपनिर्वाचन : बारामा मतगणना सुरू

बारा : प्रतिनिधिसभा सदस्‍य चयनका लागि बारा निर्वाचन क्षेत्र- २ मा भएको उपनिर्वाचन को मतगणना सुरू भएको छ। करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रस्थित मतगणनास्थलमा मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ।

बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा,एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल,आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा नियुक्त भएपछि रिक्त सो स्थानमा उपनिर्वाचन भएको हो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button