५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवन - २ को मतगणना दिउँसो १ बजेबाट सुरु - Nepal Rastra Khabar
Banner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

चितवन – २ को मतगणना दिउँसो १ बजेबाट सुरु

चैत ११, चितवन : प्रतिनिधिसभा सदस्‍य चयनका लागि चितवन -२ मा भएको उपनिर्वाचन को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ।  जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले मतगणना दिउँसो १ बजेबाट सुरू गरिने जानकारी दिए। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणनाको तयारी गरिएको छ।

अहिले सर्वदलीय बैठक जारी छ।

नेपाली कांग्रेसका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको मुद्दाको सुनुवाइ नभएसम्म मतगणना गर्न नहुने अडान लिएपछि मतगणनामा ढिलाइ भएको हो।

चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन भएको हो। यसपटक उपनिर्वाचन मा ६३ प्रतिशतमात्र मत खसेको छ।

चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button