१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सेयर बजार घट्दा आइपीओमा छैन आकर्षण, कम हुदैछन आवेदन – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशराजनीतिसूचना / प्रबिधि

सेयर बजार घट्दा आइपीओमा छैन आकर्षण, कम हुदैछन आवेदन

वैशाख ०४, काठमाडौं। सेयर बजार लगातार घटेपछि प्राथमिक सेयर(आइपीओ)मा आवेदन दिनेको संख्या घटेको छ। बजार बढ्दा आइपीओ भर्नेको संख्या धेरै हुन्थ्यो।

तर अहिले लगातार घट्दो क्रममा रहेको आवेदनको पछिल्लो तथ्यांकले देखाउँछ।

२०७८ माघ २१ गतेबाट जाल्पा सामुदायिक लघुवित्तले आइपीओ जारी गर्‍यो। कम्पनीको आइपीओका लागि २७ लाखभन्दा बढी आवेदन परेको थियो, जो सम्भवत: नेपालको सेयर बजार इतिहासकै सबैभन्दा धेरै आवेदन थियो। सो समय लघुवित्तको सेयरलाई प्राथमिक बजारदेखि नै ब्लुचिपका रुपमा हेरिन्थ्यो।

तर त्यसयता प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण क्रमश: घट्दै गएको पाइएको छ। २०७८ चैत २५ गतेबाट सर्वसाधारणमा आईपीओ जारी गरेको उपकार लघुवित्तमा २३ लाख ५१ हजार लगानीकर्ताहरुले आवेदन दिएका थिए। कम्पनीले सर्वसाधारणका लागि २ लाख २१ हजार १५६ कित्ता मात्र साधारण सेयर जारी गरेको थियो।

यसरी घट्दै जाँदा प्राथमिक बजारमा हाल आइपीओ नियमित भर्नेहरु अधिकतम आवेदन १२ देखि १४ लाखमा सीमित भएको देखिन्छ। गत फागुन १८ गतेदेखि आइपीओ निष्कासन गरेको बीपीडब्लु लघुवित्तमा १४ लाख ५९ हजार लगानीकर्ताहरुको मात्र आवेदन परेको थियो। कम्पनीले सर्वसाधारणमा ८० हजार ९ सय ५० कित्ता सेयर जारी गरेको थियो।

गत मंसिर २६ गतेबाट बाराही हाइड्रोपावरले सर्वसाधारणमा ५ लाख १५ हजार कित्ता सेयर जारी गरेको थियो। त्यसका लागि १२ लाख ५८ हजार लगानीकर्ताहरुले मात्र आवेदन दिएका थिए।

पछिल्लो समयमा आवेदन खुला भएको भूगोल इनर्जीमा मा पनि आइपीओ खरिदका लागि निकै कम आवेदन परेको छ।

एनआइसी एसिया क्यापिटलका मर्चेन्ट बैंक प्रमुख दामोदर रायमाझीका अनुसार सेयर बजार घटेकाले आइपीओमा पनि आकर्षण कम भएको देखिएको हो। दोस्रो बजार बढ्नेवित्तिकै आइपीओ भर्नेको संख्या बढिहाल्ने उनको भनाइ छ।

यस्तै एनएमबि क्यापिटलका सम्पत्ति व्यवस्थापन प्रमुख अनिशराज पाण्डेले धेरैपटक आइपीओमा आवेदन गर्दा नपरेकाले पनि संख्या घटेको हुनसक्ने बताउँछन्।

‘पहिला पहिला आएका निफ्रा, एनआरआइसी,चन्द्रागिरि जस्ता कम्पनीहरुको आइपीओ धेरैलाई पर्‍यो। डिम्याट खाताहरु पनि बढे। विस्तारै आवेदन धेरै पर्न थालेपछि आइपीओ कमलाई मात्र पर्न थाल्यो,’ उनले भने,’त्यसमा पनि अहिले सूचीकृत भएपछि राम्रो मूल्यमा कारोबार हुँदैन।’

कति छन् आइपीओ भर्ने ?

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार केही वर्षयता डिम्याट तथा मेरो सेयर खाता खोल्ने लगानीकर्ता ह्‍वात्तै बढेका छन्।

२०७६ चैतसम्मको तथ्यांकमा डिम्याट खाता प्रयोगकर्ता १६ लाख ४१ हजारको हाराहारी पुगेका छन्। तर तीन वर्षको अन्तरालमा डिम्याट खाता प्रयोगकर्ताको संख्या बढेर ५६ लाख २७ हजार माथि पुगेको छ। जुन सो समयको तुलनामा २४३ प्रतिशतले बढी हुन जान्छ।

सेयर बजार
सेयर बजार

यस्तै यस अवधिमा मेरो सेयर प्रयोगकर्ता पनि ६१७ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ। २०७६ चैतसम्म ६ लाख ५६ हजार २०० जनाको हातमा मात्र पुगेको मेरो सेयर हाल ४७ लाख ४ हजारमाथि लगानीकर्ताको हातमा पुगेको छ।

यो तीन वर्षको अवधिमा सेयर बजारमा महिला तथा तेस्रो लैंगिक समूहको सहभागिता बढेको छ। यो अवधिमा डिम्याट चलाउने महिलाको संख्या २८० प्रतिशतले बढेको छ भने तेस्रो लैंगिक समूहका ४५ जनाले पनि डिम्याट खाता खोलेका छन्।

सेयर बजारv
सेयर बजार

केही वर्षअघिसम्म बुझेका लगानीकर्ताले मात्र थाहा पाएको सेयर बजार अहिले ५६ लाख माथि पुग्नुले बजार फराकिलो बनेको सीडीएससीको तथ्यांकले देखाउँछ। तर यी लगानीकर्तामध्ये दोस्रो बजार कारोबारमा सक्रियको संख्या निकै कम छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button