७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रधानमन्त्री प्रचण्ड : प्राविधिक जनशक्ति तयार गर्नसक्ने शिक्षाको आवश्यकता हो
Banner Newsदेशराजनीतिशिक्षासूचना / प्रबिधि

प्रधानमन्त्री प्रचण्ड : प्राविधिक जनशक्ति तयार गर्नसक्ने शिक्षाको आवश्यकता हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक एवम् प्राविधिक जनशक्ति तयार गर्नसक्ने शिक्षा नै अहिलेको आवश्यकता भएको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको शिक्षा सिर्जनात्मक र युग सहाँउदो हुनुपर्ने बताए । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

‘आजको प्रतिस्पर्धी विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकुल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरुरी छ,’ दाहालले भने, ‘विश्वविद्यालयले प्राज्ञिक गुणस्तर उच्च राख्न सबैका लागि अध्ययन अनुसन्धानको आकर्षणको केन्द्र बन्न सक्नुपर्छ ।’

विश्वविद्यालयले कृषि र हर्वल साइन्स जस्ता विषयहरु पठनपाठन सुरु गरेर यस क्षेत्रको विकासमा टेवा पुर्‍याउनसक्ने पनि उनको भनाइ थियो ।

विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यवहारिक र जीवनयोगी तथा समाजको रुपान्तरणका लागि सहयोगी बन्नुपर्ने उनले बताएका थिए ।

विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र्र र जनताप्रति उत्तरदायी हुनुपर्ने पनि उनले बताए । बा फुले रुहेलखण्ड विश्वविद्यालयका उपकुलपति केपी सिंह रहेका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button