१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गृहमन्त्री श्रेष्ठ : २ करोड दुर्गा प्रसाईंसँग मागेको अडियोबारे अनुसन्धान हुन्छ – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

गृहमन्त्री श्रेष्ठ : २ करोड दुर्गा प्रसाईंसँग मागेको अडियोबारे अनुसन्धान हुन्छ

चैत २७, चितवन । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे अनुसन्धान हुने बताएका छन् ।

आज बिहान चितवनमा पत्रकारहरूसंग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियोबारे छानबिन हुने स्पष्ट परेका हुन् । उनले अडिओ प्रकरणबारे अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।

उनले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने पनि बताए । मेडिकल व्यवसायी प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो हिजो सार्वजनिक भएको थियो ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेकोले पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको अडियो सार्वजनिक भएको थियो । रास्वपाले पार्टीका सांसद डा. श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले हिजो एक विज्ञिप्ति जारी गर्दै समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका सांसद श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button