१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय – Nepal Rastra Khabar
Banner news (with photo)पर्यटनमुख्य समाचार

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटककोचहलपहल बढ्न थालेको

विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गकोयात्रा पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ दुई वर्षको कोभिड सङ्क्रमणको जाखिम बाढी पहिराका कारण ठप्पजस्तै रहेकोपर्यटक आगमन यस याममा पर्यटक उल्लेख्यरूपमा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको

कार्यालयका अनुसार यस जिल्लामा कोभिडपछिकै धेरै सङ्ख्यामा बाह्य पर्यटक मनाङ भित्रिएका हुन् जिल्लामा दैनिकरूपमा दुईदेखितीन सयसम्म पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सहायक प्रमुख पर्यटन सहायक क्षेत्रबहादुर गुरुङलेजानकारी दिनुभयो

उहाँका अनुसार मनाङमा जनवरीदेखि हालसम्म तीन हजार चार सय २० बाह्य पर्यटक भित्रिएका छन् महिला एक हजार एक सय ३४ पुरुष दुई हजार दुई सय ८६ पर्यटक भित्रिएको उहाँले बताउनुभयो जिल्लामा पर्यटक भित्रिने क्रम बढेसँगै यहाँका पर्यटन व्यवसायीमाखुसी भएका छन्

लामो समय आर्थिक मन्दीले सुस्ताएको पर्यटन व्यवसाय चलायमान हुँदा व्यवसायीले राहत महसुस गरेको व्यवसायी कुमार गुरुङलेबताउनुभयो लामो समयपछि पर्यटकको आवतजावत बढेको , दैनिकरूपमा होटलमा करिब दुई सय पर्यटक बास बस्ने गरेका छन्”, उहाँले भन्नुभयो

त्यस्तै विगतका वर्षमा कोभिड महामारीका कारण ठप्पैजस्तो भएको पदमार्गमा पर्यटकको लर्को भेटिन्छन् दैनिकरूपमा पर्यटकआवतजावत गरिरहेका हुन्छन् थोराङ्ला पाससँगै सर्वाधिक अग्लो स्थानमा रहेको तिलीचो ताल पुग्ने सपना बोकेर विदेशी पर्यटकमनाङ भित्रिने गरेका छन् यहाँ आएका बाह्य पर्यटक यहाँका व्यवसायीले गरेको स्वागत, सत्कार व्यवस्थापनले खुसी बनाउने गरेकोबताउँछन्

पर्यटकको आगमन वृद्धि भएसँगै कोरोना महामारी बाढीपहिराका कारण सुस्तएको पर्यटन व्यवसाय चहलपहल हुँदा देशकै अर्थतन्त्रमाटेवा पुग्ने देखिन्छ अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरबाट पर्यटक पैदलयात्रा गरिरहेको देखिन्छन् सन् २०२३ कोसुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले जिल्ला भ्रमणका लागि प्रवेशगरेको आयोजनाको तथ्याङ्कमा उल्लेख यस वर्ष हिमपात नहुँदा थोराङ्ला भन्ज्याङ कट्ने, तिलिचो ताललगायतका विभिन्नस्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको आयोजनाले जनाएको

दुई याम गरी जिल्लामा पर्यटक घुम्न आउने गर्दछन् दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको पर्यटकहिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङकोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिकामनाङ्गे चौतारामा

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ म्याग्दी गरी पाँच जिल्ला जोडिएको काठमाडौँबाट बेँसीसहरसम्मसवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् पदमार्गबाट जिल्लाका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button