१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश, अमेरिकाका विभिन्न राज्यमा तय भएको प्रदर्शन पनि स्थगित – Nepal Rastra Khabar
Banner news (with photo)ताजा समाचारमनोरञ्जन

चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश, अमेरिकाका विभिन्न राज्यमा तय भएको प्रदर्शन पनि स्थगित

उच्च अदालत पाटनले चलचित्रप्रसाद प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउनआदेश दिएको हो

चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाएपछिकेशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए

पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुगेका हुन् उक्त विवादमा दुवै पक्षलाईछलफलका लागि यही चैत २६ गते बोलाइएको

यसैबीच अदालतको आदेशपछि अमेरिकामा पनि प्रदर्शनको तयारी गरिएको चलचित्रको प्रदर्शन प्रभावित भएको अमेरिकाकोधेरैवटा राज्यमा हल बुकिंग भैसकेको तथा चलचित्र प्रदर्शनको चाँजोपाँजो मिलाइसकिएको अवस्थामा यस प्रकारको निर्णयले गम्भीरधक्का पुगेको अमेरिका वितरक सुरेश दर्पण पोखरेल मंजील श्रेष्ठले जनाएका छन्

अदालतको निर्णयलाई स्वीकार्दै उनीहरुले सम्पूर्ण स्थानीय आयोजक साथीहरु लगायत हल संचालकसँग हालका लागि चलचित्रकोप्रदर्शन स्थगित गराउन अनुरोध गरेका छन् नेपालमा भएको मुद्दा किनारा लाग्नासाथ यथाशीघ्र अमेरिकाभरप्रसाद प्रदर्शन गरिनेपोखरेल श्रेष्ठले जनाएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button