१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा

चैत १४, काठमाडौँ। व्यवसायीको सुन गायब बनाएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको छ । प्रहरी प्रधान कार्यालयले नै उनीमाथि भ्रष्टाचार सम्बन्धि कसुरमा छानबिन गर्न सिफारिस गरेको छ । प्रारम्भिक छानबिनमा उनले गलत नियतले सुन राखेको पाइएपछि भ्रष्टाचारसम्बन्धि कसुर आकर्षित भएको हो ।

एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन टोलीले गत साता प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको बदनियत देखिएको निष्कर्ष निकालेको थियो । समितिले उनीमाथि विभागीय मात्र नभई कानूनी कारबाही र्न गर्नुपर्नै औंल्याएको थियो । सोही आधारमा प्रतिवेदनसहित प्रहरी प्रधान कार्यालयले आयोगलाई पत्राचार गरेको छ ।

गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो । सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखी डिएसपी आफैँले राख्दै आएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उनले बुटवलकै एक पसलेको सो सुन तस्करीको आरोपमा बरामद गरेका थिए । अवैध भएको पुष्टि भए राजस्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिएमा सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा आफैँसँग राखेकाले उनको बदनियत देखिएको छानबिनको निष्कर्ष छ ।

१३ पुसदेखि नै डिएसपी केसी हाल निलम्बनमा छन् । उनीमाथि सोही घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलेदेखि नै छानबिन गरिरहेको स्रोत बताउँछछ । आयोगको छानबिनका क्रममा श्रीमतीको बैंक खातामार्फत समेत उनले शंकास्पद कारोबार गरेको पाइएको छ । उनको तीनवटा घर भेटिएको र सम्पत्तिउपर समेत छानबिन चलिरहेको आयोगका एक अधिकारीले बताए । पोखराको घरमा उनले १० लाख रुपैयाँ ढोका राखेको विषय आफन्तमा चर्चामा छ । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको आडमा उनले बुटवलमा असुली आतंक मच्चाएका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button