६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मिटरब्याज पीडितसँग छलफल गर्न सरकारद्धारा वार्ता टोली गठन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तर्वार्ताअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारद्धारा वार्ता टोली गठन

चैत १४, काठमाडौँ। सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता समिति गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

समितिमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

बर्दिबासदेखि ११ दिन हिडेर आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरुलाई महानगरपालिकाले रोक लगाएपछि रत्नपार्कको सडक पेटीमै बास बसेका थिए ।

मिटर ब्याजपीडितहरुले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । सरकारले पीडितहरुको समस्या समाधान गर्ने सम्बन्धी कानुनी व्यवस्था गर्ने विधेयक मंगलबार मन्त्रिपरिषद्ममा छलफलका लागि लैजाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker