११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कोसी नामकरणको विरोधमा प्रहरी र पहिचानवादीबीच झडप
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

कोसी नामकरणको विरोधमा प्रहरी र पहिचानवादीबीच झडप

चैत १४। कोसी नामकरणको विरोधमा पहिचानवादीले विराटनगरमा प्रदर्शन गरेका छन्। विराटनगरको बिग होटेलमा कोसी प्रदेशको संसद् सचिवालयले आयोजना गरेको तालिममा सहभागी सांसदलाई घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई बाक्लो संख्यामा उपस्थित प्रहरीले रोकेर राखेका छन्। रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रहरीले अश्रुग्यास र पानीको फोहोराले प्रहार गरेको छ।

साथै प्रदर्शनकारीले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। साथै उनीहरूले उर्लाबारी नगरपालिका– ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिटसमेत गरेका छन्।

पहिचानवादीले कोसी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन्। आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ। उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन्।

आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ। आन्दोलनकारीले उनलाई सहिद घोषणा गर्न माग गरेका छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button