११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा बम भेटियो – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशसुरक्षा/अपराधस्थानीय तह

पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा बम भेटियो

नवलपरासी, चैत १३। पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो ।

बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा बम देखेपछि खबर गरेको र हेर्न जाँदा वन भेटिएको सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताउनुभयो ।

शक्तिशाली मानिने यो वम विस्फोटन हुँदा ठुलो सङ्ख्यामा क्षति पुग्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले इलाका प्रहरी कार्यालय दुम्कीवास का प्रहरी निरीक्षकको टोली त्यस ठाउँमा पठाएको र ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भई नसकेको बताउनुभयो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button