१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
हरेक प्रदेशमा प्रादेशिक बीमकको शाखा कार्यालय खोल्नुपर्ने प्राधिकरणले जारी गर्यो निर्देशिका – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधिस्थानीय तह

हरेक प्रदेशमा प्रादेशिक बीमकको शाखा कार्यालय खोल्नुपर्ने प्राधिकरणले जारी गर्यो निर्देशिका

चैत ०९, चितवन। बीमा प्राधिकरणले बीमा कम्पनीहरुको शाखा कार्यालय सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन आवश्यक भएकाले प्राधिकरणले बीमकको शाखा सम्बन्धी निर्देशिका २०७९ जारी गरेको हो ।

बीमकले आफ्नो शाखा तथा उपशाखा कार्यालयबाट हुने बीमा व्यवसाय तथा सेवा प्रवाहलाई समन्वय गर्ने गरी प्रत्येक प्रदेशमा प्रदेश कार्यालय खोल्नुपर्नेछ । शाखा कार्यालय खोल्दा प्रदेश अन्तर्गतका कुनै पनि जिल्लामा खोल्न सकिने जनाएको छ । यसरी प्रदेशभित्रका शाखा तथा उप शाखा कार्यालयहरु सम्बन्धीत प्रदेशको कार्यालय मातहतमा रहनुपर्नेछ । त्यस्तै, संचालक समितिले सिमा तोकी प्रदेश कार्यालयलाई आफु अन्तर्गतका शाखा, उप शाखा, निरीक्षन, सुपरिवेक्षण वा कर्मचारी सरुवा गर्ने अधिकार, जोखिमाङकन सम्बन्धी अधिकार, बीमा दाबी फर्छयौट सम्बन्धी अधिकार, बीमा बजारिकरण तथा कार्यालय व्यवस्थापन सम्बन्धी अधिकार प्रत्यायोजन गरी सो बमोजिम कार्य विवरण दिनुपर्ने जनाएको छ।

बीमा कम्पनीहरुले आफ्नो व्यवसायिक आवश्यक्ता अनुसार शाखा तथा उप शाखा कार्यालय खोल्न सकिने प्राधिकरणले जनाएको छ । बीमकले शाखा विस्तार गर्दा बैंकमा खाता संचालन गर्न पाउने अधिकार प्रदान गरेको प्रमाण पेश गर्नुपर्नेछ । उपत्यकाबाहिर ३ वटा शाखा विस्तार गरी संचालनमा ल्याएपछि मात्रै काठामाडौं उपत्यकामा थप एक शाखा संचालन गर्न पाइने प्राधिकरणले व्यवस्था गरिदिएको छ ।

त्यस्तै, बीमकहरुले काठमाडौं उपत्यकामा शाखा विस्तार गर्दा चक्रपथ बाहिर तथा नगरपालिकामा खोल्न प्राथमिकता दिनुपर्नेछ । काठमाडौं उपत्यका बाहिर खोलिने शाखा कार्यालयमध्ये कम्तीमा दुई शाखा नगरपालिका वा गाउँपालिकामा हुनुपर्नेछ ।

साथै, इजजातपत्र बीमकले प्रदेश कार्यालय तथा उप शाखा कार्यालय विस्तार गर्नुअघि सो सम्बन्धमा स्थलगत अध्ययन गर्नुपर्नेछ । शाखा खोल्न लागिएको स्थल वित्तीय रुपले सम्भाव्य छ की छैन, बीमा सेवामा पहुँचको अवस्था बस्तुनिष्ट रुपमा तयार भए नभएको, सो स्थानमा भइरहेको वित्तीय क्रियाकलापको स्थिती, बीमकका अवस्थिती, व्यवसायका लागि चुनौति तथा रणनैतिक योजना, शाखा स्थापनाका लागि पूँजीगत खर्च तथा अन्य खर्च, तीन वर्षभित्रमा कम्पनीको शाखा कार्यालय मुनाफामा संचालन हुन सक्ने औचित्य आधारहरु लगायतका विषयमा अध्ययन गरी शाखा तथा उप शाखा कार्यालय विस्तार गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बीमा कम्पनीहरुले शाखा कार्यालय तथा उप शाखा कार्यालय खोल्न उचित लागेको ठाउँमा सम्भाव्यता प्रतिवेदनको आधारमा शाखा कार्यालय खोल्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्नेछ । पूर्व स्वीकृत लिनका लागि कार्यालय संगठानात्मक स्वरुप तयार गरी संचालक समितिले निर्णय गरी शाखा कार्यालय स्थापन गर्न लायक ठाउँको सम्भाव्यता अध्ययन गरी त्यसको प्रतिवेदन, कार्यालय स्थापना सम्बन्धमा संचालक समितिको निर्णय, प्रदेश कार्यालयको हकमा सो अन्तर्गत रहने शाखा, उप शाखा तथा उक्स्टेन्स काउन्टरको विवरण र अन्य शाखा कार्यालयको हकमा सो अन्तर्गत रहने उप शाखा तथा एक्स्टेन्सन काउन्टरको विवरण, शाखा कार्यालयलाई दिइने अधिकारको विवरण, संगठनात्मक स्वरुप, दरबन्दी, उपत्यकाभित्र शाखा खोल्ने भए बाहिर खोलिएका शाखाको विवरण लगायतका कागजात प्राधिकरणमा पेश गर्नुपर्ने जनाइएको छ ।

nepal insurance authority
nepal insurance authority

प्रदेश कार्यालय, शाखा कार्यालय तथा उप शाखा कार्यालय विस्तारका लागि कार्यालयको संगठनात्मक स्वरुप, कर्मचारी, भौतिक पुर्वाधार, बीमा अधिकर्ता, बीमा सर्भेयर लगायत अन्य सेवाग्राहीहरुको सम्पर्क कक्षको व्यवस्था गर्नेपर्नेछ । त्यस्तै, शाखा कार्यालय खोल्दा बीमाको दायरा नरहेको, बीमकहरु उपस्थिती न्युन रहेको स्थान , कुनै पनि बीमा कारोबार नगर्ने गाउँपालिका वा नगरपालिकामा शाखा खोल्न प्राथमिकता दिन प्राधिकरणले आग्रह गरेको छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button