१६ जेष्ठ २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
साफ यु-१७ महिला फुटबल : नेपाल र भातरको खेल आज - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमनोरञ्जनमुख्य समाचार

साफ यु-१७ महिला फुटबल : नेपाल र भातरको खेल आज

चैत ०५, चितवन। साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतसँग खेल्दै छ ।

बंगलादेशमा आजदेखि सुरुहुन लागेको प्रतियोगितामा नेपालले भारतसँगै खेल्दै यात्रा सुरु गर्ने छ । नेपाल र भारतबीचका खेल दिउँसो ३ बजेदेखि सुरुहुने छ ।

आजै अर्को खेलमा घरेलु टोली बंगलादेश र भुटान आमने सामने हुने छन् ।

प्रतियोगितामा घरेलु टोली बंगलादेशसहित नेपाल, भारत र भुटानले प्रतिस्पर्धा गर्दै छन् भने यो प्रतियोगिता खेल्न पहिलो पटक रसियाको टिम पनि बंगलादेश पुगेको छ ।

नेपालले बुधबार भुटान र आउँदो आइतबार रुस (रसिया)सँग खेल्ने छ  ।

नेपाली टिम 

गोलकिपरः सुजाता तामाङ, रधिला ओली र करुण बुढाथोकी ।

डिफेन्डरः अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेणु लिम्बु चाबेगु ।

मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ ।

फरवार्डः दीपा रोकाया, वर्षा ओली र सेनु परियार ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker